काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा घटेको हो।

बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ५ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ५ हजार ८० रुपैयाँ रहेको चाँदी आज २१५ रुपैयाँले ओरालो लाग्दै ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।