काठमाडौं । ट्रेड युनियन अधिकार संरक्षण र श्रमिकमैत्री बजेट ल्याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले काठमाडौंमा खबरदारी प्रदर्शन गरेको छ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निकालिएको र्‍यालीमार्फत श्रमिक संगठनले सरकारले ट्रेड युनियन अधिकार कमजोर पार्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको हो। प्रदर्शनकारीहरूले श्रमिक हितलाई केन्द्रमा राखेर आगामी बजेट निर्माण गर्न सरकारसँग माग गरेका छन्।

संगठनले ट्रेड युनियन अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै श्रमिकको हक–अधिकार सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएको छ।