काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् ।
अर्थ मन्त्रालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गरिनेछ, जहाँ बजेटसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
यसअघि शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । सो बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ ।






