काठमाडौं । प्रतिनिधि सभा बैठकको समय दोस्रो पटक परिवर्तन गरिएको छ ।
सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको छ।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको सचिवालयले उल्लेख गरेको छ । यसअघि आज अपरान्ह ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपरान्ह १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद सचिवालयले सूचनामार्फत जानकारी गराएको थियो ।






