काठमाडौँ। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वर काठमाडौँमा बस्ने छ ।
आज बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय भएको छ ।
यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।







