काठमाडौँ। जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई वैदेशिक रोजगार विभागले सम्झौता गर्नका लागि उपस्थित हुन आग्रह गरेको छ ।
विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस सिस्टम) मा आबद्ध रहेका तथा २०८१-०८२ देखि आबद्ध हुन चाहेन जीवन वीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूले अबको १५ दिनभित्र आवश्यक कागजातसहित सम्झौताका लागि विभागमा आउन आग्रह गरेको हो ।
०८१/०८२ देखि आबद्ध हुन चाहने जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई सूचीकृत हुनका लागि विभागले सूचित गरेको हो । सोही आधारमा विभागको असार ३० गतेको निर्णय अनुसार जीवन बीमाका लागि १३ वटा कम्पनी छनौट गरिसकेको छ ।
त्यस्तै विभागले अनलाइन भुक्तानी सेवाका लागि १७ वटा कम्पनी छनौट गरेको छ । ती संस्थाहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको हो ।






