काठमाडौँ। आगामी साउन २७ गतेबाट आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँ बराबरको १ः१.५ अनुपातमा रु १०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत साउन १ गते बुक क्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालय धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ १६ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितो पत्र बोर्डबाट गत असार १९ गते स्वीकृति पाएको थियो।






