काठमाण्डौ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको जनाएको छ। यो हकप्रद खरिदका लागि आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरु मात्रै हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।