काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता विवाद चर्किएको समयमा उक्त लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्।

बक्यौता उठाउने विषयमा विवाद चलिरहेको बेला भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रुपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएका छन्।

यस्तै, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार ३८९ रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।