काठमाडौँ । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट ४ जना मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन्।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्था मन्त्री बनेकी छन् । यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।
एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई मन्त्री नियुक्त गरिएको छ । गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।






