काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। पाण्डेले आज प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

गत चैत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो।अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले बिहीबार चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने राजनीतिक सङ्कट थियो ।

तर उनले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिन बाध्य भएका हुन् । राजीनामा दिएपछि पनि ठुलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति पाण्डेले अपनाएका छन् ।