काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत भएको छ ।

गएको वर्ष राष्ट्र बैङ्क काठमाण्डौ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष झन्डै चार अर्बमा सिमित भएको छ । यो झन्डै २५ अर्बले कम हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट भन्डै दुई अर्ब र अन्य बैंकबाट पनि त्यहि बराबरीको नोट सटही भएको अनुमान गरिएको छ ।

यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी अहिले चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको नीतिअनुरुप यस वर्षको मुख्य चाडपर्वमा चलनचल्तीकै सुकिला नोट प्रयोग भएका छन् ।