काठमाडौँ । यस वर्षको दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले हिजो अर्थात् असोज १३ गतेदेखि सुकिला नोट सतही गर्न थालेको छ ।

बैंकलले पहिलो दिन अर्थात् आइतबार १ करोड ८० लाख सुकिला नोट सटही गरेको छ । पहिलो दिन भएको कारण एकै पटक मोटो रकम बाहिरिएको र बिस्तारै यो सङ्ख्यामा कमी आउने एक प्रतिनिधिले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले प्रत्येक दर ९५, १०,२०, ५० र १००० का ८ सय बण्डल सटही गर्दा १ करोड ८० लाख बराबरको सुकिला नोट सटही भएको जानकारी दिएको छ। राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ्ग विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साटिरहेको छ । एक जना व्यक्तिले पाँच, दश, बीस, पचास र एक सय रुपैयाँ दरका नोटसहितको १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउनेछन् ।