काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र रद्द गरेको जनाएको छ।

केन्द्रीय बैंकका अनुसार उक्त कम्पनीले विदेशी मुद्राको खरिद–बिक्री सम्बन्धी कारोबार बन्द गर्दै लाइसेन्स खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो।

सोही निवेदनका आधारमा ‘मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को व्यवस्था अनुसार वैशाख ३० गते निर्णय गर्दै कम्पनीको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

उक्त कम्पनी पोखरामा सञ्चालनमा रहेको थियो।