काठमाडौँ । भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात् रोयल इन्फिल्ड क्लासमा विजयी बनेका नेपाली राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्वारा सम्मान गरिएको छ ।
साहले रोयल इन्फिल्ड हिमालयन ४११ मोटरसाइकल चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए ।। रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर साहलाई रोयल इन्फिल्ड नेपालले काठमाण्डौको एटिक रेस्टुरेन्टमा ७० जना जति नेपालका अनुभवी, भेटरान राईडस्हरुसहित सम्मान गरेको हो ।

उनीहरूलाई मिडियाकर्मीको उपस्थितिमा खादा, सम्मान पत्र, नगद रुपैयाँ ९५,००० सहित भव्य सम्मान गरिएको छ । प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म ९२० अक्टोबर (६ अक्टोबर) भारतमा आयोजना भएको (याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए ।
यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। भास्तको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै (याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।
विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया ९एफएमएससीआई० मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो(यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ ।
अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ।






