काठमाडौँ। आजदेखि भैरहवा विमानस्थलमा कतार एयरवेजले नियमित उडान थाल्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको उडान तालिका अनुसार उक्त एयरवेजले हप्तामा सात वटा उडान भर्ने भएको छ ।

यस अनुसार कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ। त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौँ आउने समय तालिका छ।

सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौँबाट दोहाका लागि उड्नेछ। यो सेड्युल नोभेम्बर ३० सम्मको लागि कायम रहनेछ। त्यसपछि भने दोहा–भैरहवा–दोहा डाइरेक्ट फ्लाइट गर्ने प्राधिकरणको योजना छ।

यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स,फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन्।