काठमाडौँ। गत शनिवार हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेसँगै आन्तरिक हवाई उडानको भाडा दर वृद्धि भएको छ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भाडा बढाउने निर्णय सहित नयाँ भाडा दर सार्वजनिक गरेको छ । बढेको भाडा दर भोलि, १९ गतेदेखि लागू हुनेछ ।

यसअनुसार काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ भने काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ यता, काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ।

त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले  उल्लेख गरेको छ ।

fuel surcharge