काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पुस २१ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन।
सभामा गत आर्थिक वर्षको वार्षिक र लेखा परीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।







