काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।
हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।







