काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकललाई डिम्याट खाता नविकरण गराउन आग्रह गरेको छ । बैंकले यहि असार ३१ गतेसम्म खात नविकरण गर्न आग्रह गरेको हो ।

बैंकले नविकरण शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस, प्रभु पे तथा आइएमई पे लगायतका वालेटहरु मार्फत वा बैंकको शाखा कार्यालयमा सम्पर्क राखेर भुक्तानी गर्न सकिने जनाएको छ ।

साथै, असार ३१ गतेसम्म खाता नविकरण नगरेको डिम्याट खाता नविकरण नगरेको खण्डमा डिम्याट खाता फ्रिज गर्ने समेत बैंकले चेतावनी दिएको छ ।