काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।