काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ। उक्त बैंठक संसद् भवन नयाँ बानेश्वर काठमाडौँमा दिउँसो १ बजे सुरु हुनेछ।

आजको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकलाई नै अध्यादेशको रूपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरू एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।

यसअघि गएको शुक्रवार बसेको बैठकको सुरुको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले सम्बोधन गरेका थिए। आज प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।