काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३५ करोड बढी नाफा कमाएको छ ।

इन्स्योरेन्सल सार्वजनिक गरेको (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको  नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा ५१.७० प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा २६.५९ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १९ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ रहेको छ। शेयर पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.१० रुपैयाँ कायम भएको छ।