काठमाडौँ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको भन्दा यो नाफा ६६.९९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.११ प्रतिशत बढेको हो ।यस अवधिमा कम्पनीको कम्पनीको जीवन बीमा कोष १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै,महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, सञ्चित नाफा ९१ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ६ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० १७.१९ रुपैयाँ पुगेको छ ।