काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
यसअवधिमा कम्पनीको खुद नाफा ५.४४ प्रतिशतले बढेर २३ करोड १६ लाख ८९ हजार रुपैयाँ पुगेको छ।अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १८.७३ प्रतिशतले बढेर ३ अर्ब ११ करोड १४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ६२ करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको थियो ।
त्यस्तै यस अवधिमा कम्पनीको कुल आम्दानी बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। यस अवधिमा कुल आम्दानी २०.९७ प्रतिशतले वृद्धि भएको छ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ११ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा छ । चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ रहेको छ ।







