काठमाडौं। विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा अन्तिम दिनसम्ममा २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । अन्तिम दिन मंगलबार ९चैत २६ गते० साँझ ५ः०७ बजेसम्ममा १९ लाख ७४ हजार ७०९ जना सर्वसाधारण आवेदकहरुले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ४५५.९१ गुणा बढी हो ।

कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।