काठमाडौँ । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा हालसम्म २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सोमबार साँझ सम्ममा १६ लाख ९३ हजार ८५९ जना सर्वसाधारण आवेदकहरूले २ करोड ९१ हजार लाख २५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ ।

कम्पनीले बिहीबार (चैत २१ गते) देखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको थियो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । यसमा मङ्गलवार (चैत २६ गते) सम्म आवेदन दिन सकिनेछ । हालसम्म प्राप्त आवेदन मागभन्दा ३९१.७० गुणा बढी हो ।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ ।