काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज शुक्रवार दोस्रो दिनसम्ममा १ अर्ब २१ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

शुक्रबार साँझसम्ममा उक्त एफपीओमा १० लाख १४ हजार २१९ जना सर्वसाधारण आवेदकहरुले १ करोड २१ लाख ३१ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा २३६.५१ गुणा बढी हो ।

कम्पनीले बिहीबार हिजो देखि ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो ।

लघुवित्तले निष्कासन गरेको एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।