काठमाडौँ । सार्वजनिक जग्गा खाली गर्न टोखा नगरपालिकाले १५ दिने सूचना जारी गरेको छ ।
नगरपालिका क्षेत्रभित्र रहेका नदी करिडोर र सार्वजनिक एवम् सरकारी जग्गा अनधिकृत रुपमा अतिक्रमण गरी निर्माण भएका निजी उपभोगमा रहेका भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो ।
नगरपालिकाले सरकारी सार्वजनिक जग्गा संरक्षणमा सहयोग गरिदिनु आग्रह गरेको छ ।
सूचना बमोजिम तोकिएको समय सीमाभित्र त्यस्ता संरचना नहटाए प्रचलित कानून बमोजिम आवश्यक प्रकृया अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।







