काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज बिहीबार पनि सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँ रहेको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कायम भएको छ।