काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेताद्वय माधव नेपाल र झलनाथ खनाल शिक्षक आन्दोलनमा सहभागी भएका छन् ।

२७ दिनदेखि आन्दोलनरत शिक्षकहरूको आन्दोलनमा सहभागी हुन सोमबार उनीहरू सहभागी भएका हुन् । साथमा नेता भानुभक्त जोशी पनि छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।

प्रदर्शन क्रममा आइतबार शिक्षक र प्रहरीबिच झडप भए पश्चात् शिक्षकहरूले आन्दोलन थप चर्काएका छन् ।शिक्षकको सडक आन्दोलनको आज २७औँ दिन हो ।