काठमाडौँ । लाभांश प्रस्ताव पारित हिमालयन रिइन्सुरेन्सले जेठ २५ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।