काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्सुरेन्सको ४.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको सेयर मूल्य ९३३.६९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।