काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल व्यवसायमैत्री भएको जनाएको छ । एशोसिएशनले एक विज्ञप्ति जारी गर्दै बजेटको स्वागत गरेको हो ।
बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौदेखिको माग र आवाजलाई समेटेको नाडाको भनाइ छ ।

नाडाले जारी गरेको बजेटमा भनिएको छ, यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यावसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन, यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अब हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरूप आउने अपेक्षा समेत राखेका छौ ।