काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त संस्थाले विभन्नि ३ जना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको माथि उल्लेखित संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ ।
सातै, निर्धारित समयसम्म कुनै लिखित आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको जनाएको छ ।






