काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयर धनीले मात्रै आवेदन दिन सक्नेछन्।
इच्छुक शेयर धनीले अबको ३५ दिनभित्र काठमाडौँको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयर धनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले उल्लेख गरेको छ ।