काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले वित्तीय अवस्था, वार्षिक नाफा तथा भविष्यको लगानी योजना मूल्यांकन गरेपछि सोही दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।
कम्पनीले बीमा सेवा विस्तार, दाबी भुक्तानी क्षमता मजबुत पार्न, बजार उपस्थिति बढाउन तथा वित्तीय पारदर्शितामार्फत ग्राहक तथा शेयरधनीको विश्वास थप मजबूत बनाउँदै गएको बताइएको छ।







