काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा निर्धारण गरेको छ। आज महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सीमा निर्धारण गरेको हो।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्बको बजेट ल्याउने भएको हो। बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ। शुक्रवार बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने छ।
नगर सभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन्।







