काठमाडौँ । शुक्रबार सुनको मूल्य २ हजार ८ सय रुपैँयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको छापावाल सुन आज घटेर ३ लाख १४ हजार २ सय रुपैयाँमा झरेको छ। यसअनुसार एकै दिनमा प्रतितोला २ हजार ८ सय रुपैयाँले मूल्य घटेको हो।

यस्तै चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। बिहीबार प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँले घट्दै ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।