काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एकआपसमा गाभिने प्रक्रिया अघि बढाउने सहमति गरेका छन्।
मोरङ जिल्लाको कटारी गाउँपालिका २ मा मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्त र बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच चैत १४ गते मर्जरसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको जानकारी दिइएको छ ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डको प्रावधानअनुसार दुवै संस्थाको साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि संस्थापक सेयरधनीहरूको सेयर कारोबार स्थगित गरिएको बताइएको छ।







