काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले करार सेवामा कर्मचारी माग गरेको हो ।

यस संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारी माग गरेको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने जनाएको छ ।

सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्ने कम्पनीले जनाएकाे छ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले असार २४ गतेभित्र आवेदन दिन सक्ने छन् ।