काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको हो।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा २ लाख ८६ हजार रुपैयाँ रहेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ४ हजार ७२० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





