काठमाडौँ। सुनचाँदीको मूल्य आज पनि उकालो लागेको छ। नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार भने सुन तोलामा २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको हो।







