काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार औपचारिक रूपमा पद त्याग गरेका हुन्।
स्रोतका अनुसार अर्थ मन्त्रालयले अघिल्लो सरकारले नियुक्त गरेका सरकारी बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई पद छोड्न मौखिक रूपमा आग्रह गरेको थियो। सोही सन्दर्भमा ढकालले पनि आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन्।
यसअघि सरकारले अध्यादेशमार्फत विभिन्न निकायमा नियुक्त १,५९४ जना पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो। तर नेपाल राष्ट्र बैंक सहित सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू भने उक्त निर्णयको प्रत्यक्ष दायरामा परेका थिएनन्।







