काठमाडौ । नेपालका लागि दुई पाङग्रे सवारी साधानको बजारमा विश्वासिलो नाम Hero Motor Corp. Nepal आज काठमाडौं स्थित बानेश्वर र सीतापाईलामा आफ्नो नयाँ डिलरको हिरो मापदण्ड अनुसारको अत्याधुनिक शोरुमको औाचारिक उद्घाटन सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सी.जी. मोटर्स प्रा.लि. का व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हिरोको नयाँ शोरुम मार्फत ग्राहकहरुले Hero का नवीनतम् प्रविधी जडित मोटरसाइर्कल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै आधुनिक विक्री सेवा, Genuine Spare Parts, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै डिलर प्रितिनिधिहरुले भन्नुभयो, “ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । नयाँ शोरुमको सुरुवातसँगै हामी अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरयी अनुभव प्रदान गर्नमा प्रतिबद्ध छौँ ।”

उद्घाटन अवसरमा विशेष आकर्षणस्वरुप :

  • नयाँँ बाइक तथा स्कुटर प्रदर्शन
  • Test Ride सुविधा
  • Opening offers
  • उपहार तथा cash back योजना
  • Exchange Offers हरुको राम्रो व्यवस्था थियो ।

Hero Moto Corp Nepal ले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो तथा Fuel-efficient दुई पाङग्रे सवारी साधन उपलब्ध गराँउदै आएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले ग्राहकहरुको पहुँच अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।