काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक समूहअन्तर्गतको सेयर बिक्री खुला गरेको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता सेयर आजदेखि बिक्रीका लागि राखिएको संस्थाले जनाएको छ।

उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीहरूलाई मात्रै प्राथमिकता दिइएको छ। इच्छुक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र बनेपास्थित केन्द्रीय कार्यालयमा लिखित रूपमा आवेदन पेश गर्नुपर्नेछ।

निर्धारित समयभित्र संस्थापकहरूबाट पर्याप्त आवेदन नआएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जानकारी पनि दिइएको छ।