काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीश पदलाई साधारण बढुवाको रूपमा हेर्न नमिल्ने बताएका छन्। मंगलबार संसदीय सुनुवाइ समितिमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले उक्त पद संवैधानिक प्रकृतिको नियुक्ति भएको स्पष्ट पारे।
उनका अनुसार प्रधान न्यायाधीश चयन प्रक्रियामा वरिष्ठता मात्र निर्णायक आधार हुन नसक्ने बताए। “यो पद बढुवा होइन, विशिष्ट संवैधानिक जिम्मेवारी हो,” भन्दै उनले योग्यताका अन्य पक्षहरू पनि विचार गर्नुपर्ने धारणा राखे।





