वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि प्रहरीले थप तीन दिन म्याद पाएको छ। उनलाई सोमबार राति वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरिएको थियो भने मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजनात्मक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगार्न सक्ने गतिविधिमा संलग्न भएको तथा राज्यविरुद्ध उक्साउने खालका काम गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको छ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस क्रममा उनका सार्वजनिक अभिव्यक्ति, कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिहरूको थप अध्ययन भइरहेको प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।






