काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वन मन्त्रालयको प्रस्तावमा उक्त मूल्य तय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।
यस निर्णयसँगै सरकारले किसानलाई उत्पादन लागत सम्हाल्न र कृषि क्षेत्रमा स्थिरता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ।






