काठमाडौं । सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.९९ अंकले बढ्दै २७८२.१० विन्दुमा पुगेको हो।

आजको कारोबारमा १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। बजारमा मिश्रित प्रवृत्ति देखिँदा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आज कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै बुंगल हाइड्रोपावर १३.३७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ ८.५२ प्रतिशत र आँखुखोला जलविद्युत ३.९३ प्रतिशतले उकालो लागेको छ।